माओवादीको जागरण अभियान स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्व टोली अनियानअन्तर्गत अहिले रौतहटमा आयोजित कार्यक्रममा सहभागी छन् । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले रौतहटबाट अध्यक्षलगायतको टोली आजै काठमाडौं फर्कने र आइतबार पार्टीको पदाधिकारी बैठक बस्ने जानकारी दिए ।

माओवादी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको निर्णयअनुसार गत १२ फागुनबाट माओवादीले तराई–मधेशकेन्द्रित अभियान चलाइरहेको छ ।

  • २४ फाल्गुन २०८१, शनिबार २०:४५ प्रकाशित