घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । रौतहट गरुडा नगरपालिका–८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २४ फाल्गुन २०८१, शनिबार १२:२२ प्रकाशित