श्रम मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको सांसद अर्यालको अर्याल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

पूर्वश्रममन्त्री रहेका अर्यालले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्तालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको बताए ।

‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ,’ सांसद अर्यालले भने, ‘ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’

  • २३ फाल्गुन २०८१, शुक्रबार १४:३० प्रकाशित