सांसदलाई जवाफ दिदैं ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्‍यो ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि हो भने संसद् भनिदिन आग्रह गरेका छन् । कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कनका लागि समयभित्र अनुरोध नै नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफूले आफैँलाई नम्बर दिएर पठाएको बताए ।

ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाएका छन् । उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए ।

  • २२ फाल्गुन २०८१, बिहीबार १५:४७ प्रकाशित