प्रधानमन्त्री रोजगार कार्यक्रमः तनहुँका स्थानीय तहबाट निवेदन माग

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँ जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् ।

जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई न्यूनतम रोजगारी प्राप्तिका लागि निवेदन माग गरेका हुन् ।

एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने जनाइएको छ ।

  • २२ फाल्गुन २०८१, बिहीबार १४:५५ प्रकाशित