पूर्वयुवराज पारस साह ४ दिनपछि डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए ।

निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए । सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।

  • २२ फाल्गुन २०८१, बिहीबार १३:२१ प्रकाशित