इभी बसमा आगलागी , मानवीय क्षति हुनबाट बच्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

धुम्बाराहीमा इभी इलेक्ट्रिक भेइकल बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

  • २२ फाल्गुन २०८१, बिहीबार ११:२० प्रकाशित