पोखरा ।
जवरजस्ती करणी गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । उनलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, प्रहरी उपरीक्षक सालिकराम पौडेलले जानकारी दिए ।
एसपी पौडेलका अनुसार यही २० फागुनमा मंगलबार दिउँसो उनलाई पुतली बजार १४ स्थित आफ्नै निवास पक्राउ गरिएको हो । पक्राउ गरि कास्की पठाइएको उनले जानकारी दिए । उनलाई २ फागुनमा जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएको थियो ।
पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माले जानकारी दिए ।















