अर्घाखाँचीमा जिप दुर्घटना, चालकको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल ।

अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो । चालक मात्रै भएको जिप सडक देखि ४सय मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २१ फाल्गुन २०८१, बुधबार १६:४५ प्रकाशित