काठमाडौँ ।
नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् ।
निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए ।
हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ ।
परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ ।














