देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशकि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चमि प्रदेशका पहाडी भू-भागमा आंशकि बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशकि बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशकि बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

  • २१ फाल्गुन २०८१, बुधबार ०७:०६ प्रकाशित