भोलिको संसद् बैठकमा उपस्थित हुन एमालेले पनि लगायो ह्विप

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।

  • २० फाल्गुन २०८१, मंगलवार १६:३१ प्रकाशित