युक्रेनलाई दिंदै आएको सैन्य सहयोग अमेरिकाले बन्द गर्ने

केन्द्रभाग मिडिया

वासिङटन डिसी ।

ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्टअनुसार युक्रेन शान्तिको प्रतिबद्धता नगरेसम्म सहयोग रोक्न लागिएको हो ।

युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ,’ ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ ।

यस प्रतिवेदनमा अहिलेसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् । ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश हुनेछन ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भइरहेको छ ।

बीबीसी

  • २० फाल्गुन २०८१, मंगलवार ०९:०३ प्रकाशित