गोरखा माइक्रो दुर्घटना एकको ज्यान गयो, १४ घाइते सबै एउटै गाउँका

केन्द्रभाग मिडिया

काठमाडौं ।

गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । उनीहरु सबै खैरहनी गाउँपालिका–२ को रहेको प्रहरीले जनाएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।

  • १९ फाल्गुन २०८१, सोमबार १४:२७ प्रकाशित