काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।














