यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

  • १८ फाल्गुन २०८१, आईतवार ०६:५३ प्रकाशित