पोखरा ।
आज (आइतबार) धेरैजसो विदेशी मुद्राको भाउ स्थिर रहेको छ । हिजो (शनिबार) अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको थियो । नेपाल राष्ट्र बैंकले आज लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि हिजै कायम विनिय दरमैमै अधिकांस विदेशी मुद्राहरुको कारोबार हुनेछ ।
आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा छ ।
त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ । आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा छ । त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ ।















