बालेनले लेखे ‘प्रधानमन्त्री ज्यु, मलाई हराउने ताकमा देशचैं नडुबाउनु होला’

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको बताएका छन् । शुक्रबार साँझ फेसबुक पेजमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाए ।

उनले आफूलाई हराउने ताकमा देशलाई भने नडुबाउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ । हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’ उनले लेखेका छन् ।

  • १६ फाल्गुन २०८१, शुक्रबार २१:४५ प्रकाशित