काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
२०७२-७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । गत आव २०८०-८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।















