काठमाडौँ ।
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको ज्यान गएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए ।
श्रेष्ठको शुक्रवार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।२०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर उनी न्याय सेवामा प्रवेश गरेकी थिइन् ।














