देउवाद्धारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार अपराह्न ४ बजेका लागि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

  • १६ फाल्गुन २०८१, शुक्रबार १२:२५ प्रकाशित