पोखरा ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ ।
बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रे«लाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला भलिबलको फाइनल खेलमा बागलुङ र शान्त भलिबल ट्रेनिङ सेन्टरले उपाधिका लागि भिडेन भएका छन् ।
यता पुरुष तर्फ मादी गाउँपालिका र निस्सिखोला बिच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसके पछि निस्सि खोलालाई आगामी यात्राको लागि आयोजकले विजय घोषण ग¥यो ।
स्याङ्जा हरिनास र माछापुच्छ्रे« गाउँपालिका बिच भएको खेलमा पहिलो र अन्तिम दुई सेटले पछि पर्दै हरिनासले सुखद यात्रा तय गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री रामजी बरालले खेलको महत्त्व माथि प्रकाश पार्दै जित हार भन्दा पनि खेलमैदानमा प्रवेश गर्नु नै खेलाडीको विजय सुरुवात भएको बताउनु भयो । विभिन्न जिल्ला बाट सहभागी खेलाडीहरूलाई पर्यटकीय क्षेत्र घम्पुसको सम्झना सवैमाझ प्रवाह गरिदिनु हुन अनुरोध गर्नुभयो ।
माछापुच्छ्रे गाउँपालिका वडा नं।७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म प्रतियोगिता चल्नेछ । पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।