पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना उज्बेकिस्तानी नागरिक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
पौने चार किलो सुनसहित तीन महिला र एक पुरुष गरी चार विदेशी नागरिकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन । लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।

  • १५ फाल्गुन २०८१, बिहीबार १२:३२ प्रकाशित