विश्व प्रदूषित सहरको चौथो स्थानमा नेपाल

नेपालको प्रदुषित सहरको दोस्रो स्थानमा पोखरा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ ।

यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।

त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ ।

नेपालमा भने भक्तपुर सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआईसहित सबैभन्दा वायु प्रदूषित सहर बनेको हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित सहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

  • १५ फाल्गुन २०८१, बिहीबार ०९:२३ प्रकाशित