यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलरको भाउ हिजोकै यथावत छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको विनिमय दर बढेको छ । बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । ।

आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो । युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७८ पैसा कायम भएको छ । हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा थियो ।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ८१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६३ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ३५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २८ पैसा थियो ।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ०३ पैसा थियो ।

  • १५ फाल्गुन २०८१, बिहीबार ०६:३४ प्रकाशित