एमाले नेता बडाललाई पत्नीशोक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ ।

केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बडालका एक छोरा र एक छोरी रहेका छन् ।

  • १४ फाल्गुन २०८१, बुधबार १२:१३ प्रकाशित