पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने बताए ।

सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले सरकारसँग माग गरे । ‘जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन हुँदैन,’ उनले भने, ‘पालिकाहरूबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न म सरकारसँग माग गर्दछु ।’

  • १३ फाल्गुन २०८१, मंगलवार १५:५३ प्रकाशित