गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यमै यो विषय राखेको स्मरण गरे । ‘‘बजेट वक्तव्यको ४९ नम्बर बुँदालाई सरकारले यथासक्य चाँडो कार्यान्वयनमा लैजाओस्,’ उनले भने ।

चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सरकारले गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने भनेको छ । तर, यो व्यवस्था कार्यान्वयनमा जान सकेको छैन ।

अघिल्लो आर्थिक वर्षको बजेटमा समेत यो प्रावधान आएको थियो । त्यसबेला तत्कालीन सरकारले २० कात्तिक २०८० मा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।

  • १३ फाल्गुन २०८१, मंगलवार १४:५१ प्रकाशित