पोखरा ।
माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा हुने तेस्रो संस्करणको छापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको सबै तयारी पूरा भएको छ । ‘पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः सम्मुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार’ भन्ने नारासहित हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरूङले जानकारी दिए ।
गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना र वडा न। ७ कार्यालयको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको संयोजनमा हुन लागेको हो ।
बुधबारबाट सुरू हुने प्रतियोगिता १७ फागुनसम्म आयोजना हुनेछ । माछापुच्छ्रे गाउँपालिका वडा नं। ७ धम्पुसमा संचालन हुने प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम पुरस्कार दुई लाख रूपैयाँ, द्वितीय पुरस्कार एक लाख रूपैयाँ र सेमी फाइनलमा उपविजेता २ टिमलाई ५०र५० हजार रूपैयाँका साथै ट्रफी, मेडल र प्रमाण(पत्र प्रदान गरिनेछ । पालिका अध्यक्ष गुरूङले जानकारी दिए । उनका अनुसार महिला भलिबल तर्फ प्रथम पुरस्कार एक लाख रूपैयाँ, द्वितीय पुरस्कार ५० हजार रूपैयाँ र सेमी फाइनलमा उपविजेता २ टिमलाई २५र२५ हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण(पत्र प्रदान गरिनेछ ।
पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न पालिकाहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु समावेश हुनेछन् ।
पुरुष तर्फ कुल १४ टिम र महिला तर्फ ५ टिमले सहभागिता जनाउने भएका छन् । दर्शकहरुको लागि खेल अवलोकन गर्नको निमित्त प्याराफिटको निर्माण गरिएको र खेल अवधिभर होमस्टे तथा होटलहरुमा न्यूनतम एक हजार रूपैयाँका दरले खाना, खाजा र आवास प्याकेजको व्यवस्था गरिएको छ ।
भलिबल खेलको अलावा साँस्कृतिक एवम् मनोरञ्जनतात्मक कार्यक्रम समेत हुने र राष्ट्रिय लोक दोहोरी गायक जीवन दाहाल, कुमार पुन, लोक दोहोरी गायिका कमला सुनार तथा हास्य व्यङग्य तथा गायक ललित पुन लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । त्यसैगरी आमा समुह, युवा क्लब, टोल विकास संस्था लगायतको संस्थाहरुको झाँकी, पञ्चेबाजा तथा सांस्कृतिक सांगितिक प्रस्तुती रहने जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी, गाउँपालिकाका कर्मचारी लगायतको सहभागीता थियो ।