पोखरा ।
हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।















