पोखरामा इन्स्पेक्टर मृत घटना

परिवारले दियो सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

केन्द्रभाग मिडिया

पोखरा ।

सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर विरुद्ध पीडितका परिवारले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले पुष्टि गरेका छन् । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्न तयारी प्रहरीको छ ।
तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत एक जना पुरुष इन्स्पेक्टर विरुद्ध जाहेरी परेको हो ।

महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यसैगरी यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले छानबिन समिति गठन गरेको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

  • १२ फाल्गुन २०८१, सोमबार ११:५० प्रकाशित