काठमाडौं ।
लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।
कारोबार रकम पनि उल्लेख्य छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भयो । बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।















