गणतन्त्र लुटतन्त्र भइरहँदासम्म म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन

केन्द्रभाग मिडिया

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले गणतन्त्र लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा केही सांसदले राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर जनाएको आपत्तिप्रति आपत्ति जनाउँदै लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ, राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। यहाँ गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो जसरी प्रश्न उठाइयो,’ उनले भने, ‘तपाईंले गणतनत्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस् गणतन्त्र लुटतन्त्र हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौँ।’

  • ११ फाल्गुन २०८१, आईतवार १३:५९ प्रकाशित