काठमाडौं ।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्ला सुरक्षा समितिको शनिबार मध्यरातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्ण अनुरुप प्रशासनले निषेज्ञा जारी गरेको हो ।
बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए ।
उनले भने ‘यो निषेधाज्ञा आइतबार बिहान ५ बजेबाट अर्को आदेश नभएसम्मका लागि कायम हुनेछ ।’