आज अधिकांश विदेशी मुद्राको मूल्य स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो ।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । त्यसैगरि पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा भएको छ । कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरि बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार ०६:३१ प्रकाशित