पोखरा ।
मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्र्तगतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. डा. सूर्य देवकोटा र चरक मेमोरियल अस्पातका मुटुरोग विशेषज्ञ डा. एसके जैसवाल नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुङा स्थित चरक मेमोरियल हस्पिटललमा सो शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको हो ।
देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा. एसके जैसवालसहित नर्स र प्राविधिक गरि सात जना शल्यक्रियाका लागि खटिएका थिए । नेपालमा राजधानी बाहिर यस्तो शल्यक्रिया यो पहिलो भएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
पोखरा महानगरपालिका २५ हेम्जा स्थित घर भएका ६३ वर्षका एक पुरुषको सफल शल्यकृया गरिएको अस्पतालका प्रबन्ध निर्देशक पोखरेलले बताए । उकालो हिड्न गाहे हुने, रिगटा लाग्ने, स्वास फेर्न अप्ठयरो जस्तो समस्या भएपछि त्रिपाठीलाई उपचारका लागि परिवारले हस्पिटल पुरयाएका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०/३५ मात्र सगै अन्य समस्या देखिएपछि आवश्यक परीक्षण गर्दा मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यकृया सम्पन्न गरेको डा जैसवालले जानकारी दिए ।
मुटुको समस्या लिएर आउने बिरामीहरुलाई सम्भव भएसम्म हस्पिटलमा कार्यरत आफु सहितको चिकित्सक टोलीले समस्या समाधान गर्ने गरेको र जटिल समस्या भएका बिरामीहरुको लागि काठमाण्डौमा डा. देवकोटा लगायतका चिकित्सकलाई सम्पर्क गरि आवश्यक उपचार गदै आएको जानकारी दिए । मुटुको उपचारको सबै सेवा हस्पिटलबाटै आफुहरुले प्रदान गदै आएको समेत उनले जानकारी दिए ।
उपचार पछि त्रिपाठीले पोखरामै समयमा सगै सफल उपचार गर्न पाउदा थप समस्या हुन नपाएको बताए । पोखरामै यो सेवा पाएपछि बाहिर किन जानु भन्दै प्रश्न गरेका उनले उपचारमा खटिएका चिकित्सक सहितको टोलीलाई धन्यबाद दिए ।
बिरामी त्रिपाठीका छोरा अग्रीम त्रिपाठीले हस्पिटल ल्याउनु अघि बुबाको अबस्था एकदम नाजुक रहेको बताए । मुटुको प्लस जम्मा ३०÷३५ मात्र रहेको थियो, यस्तो अवस्थामा एयर लिफट गरेर काठमाण्डौ लैजान पनि सम्भव थिएन । चरक ल्याएपछि कार्यरत चिकित्सकले विशेषज्ञ चिकित्सक देवकोटा संग समस्याका बारेमा छलफल एंव जानकारी दिने काम भएपछि डा.देवकोटा पोखरा आएर उपचार सुरु सगै सफल शल्यकृया भएको बताए । हाल बुबाको अवस्था एकदम ठिक छ, हामीले कल्पना गरेको भन्दा चाडो बुबाको स्वास्थ्यमा सुधार भएको उनले सुनाए ।
बुबालाई आफनै ठाउमा उपचार गराउन पाईयो, काठमाण्डौ लगेको भए जादा आउदा मात्र धेरै खर्च हुने थियो, समय समेत धेरै लाग्ने थियो । पोखरामा उपचार गर्दा खर्च सगै समय पनि बचत भयो । काठमाडौं लगेको भएपनि गर्ने उहाँहरुले नै हो, उहाँहरु पोखरा आएर उपचार गरिदिएपछि सबैभन्दा सहज बिरामी र परिवारलाई भएको उनले बताए ।
यस अघि चरक मेमोरियलले स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट असार ०८० मा ओपन हार्ट सर्जरी सेवाका लागि अनुमति पाएको थियो भने त्यसको एक महिनापछि साउन अन्तिममा मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षका एक पुरुषको गण्डकी प्रदेशमै पहिलो पटक सफलतापुर्वक सर्जरी समेत गरेको थियो । त्यस समय मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. देवकोटा, डा. एसके जैसवाल, डा कृष्ण वस्याल लगायतको टिमले करिव चार घण्टा ३० मिनेट लगायर प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सफलता पुर्वक सम्पन्न गरेका थिए ।
चरकले मुटुको सर्जरी सेवाका लागि करिव चार करोडको लागतमा आवश्यक उपकरणहरु खरिद गरि आवश्यक उपकरण सहितको स्थाही सर्जरी कक्ष ०८० को सुरुमै तयार गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए । हाल हस्पिटलले अनुभवी चिकित्सकहरु काठमाडौंबाट ल्याउने र अस्पतालका चिकित्सकहरुको सहयोगमा मुटुको उपचार एंव शल्यक्रिया गरिरहेको उनले जानकारी दिए ।