काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस एमालेकरण भएको जस्तो देखिएको भन्दै चिन्ता प्रकट गरेका छन् । शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले कांग्रेस ठूलो पार्टी भए पनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको टिप्पणी गरे । त्यस्तै कोइरालाले सरकार अपेक्षित रुपमा काम गर्न नसकेको उल्लेख गर्र्दै गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कोइरालाले पार्टीको महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने उल्लेख गरेर । तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने उनले बताए ।
समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्नेमा उनको जोड थियो ।














