सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन

केन्द्रभाग मिडिया

 

पोखरा ।
सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको ९५ वर्षको उमेरमा शनिबार बिहान ७ः१५ बजे आफ्नै निवास विरौटामा निधन भएको हो ।

स्वर्गीय आचार्यका ३ श्रीमतिको यस अघि नै निधन भइसकेको छ । उनका ५ छोरा र ५ छोरी छन् ।

उनको शव यात्रासहित आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

  • १० फाल्गुन २०८१, शनिबार ०९:५६ प्रकाशित