पोखरा ।
गण्डकी स्वजागरण उत्सव कार्यक्रम पूर्वनिर्धारित समयतालिका अनुसार नै आज (शनिबार) हुनेभएको छ । आज विहान ११ः०० बजे पोखरा रंगशालाभित्रको आर्चरी खेल मैदानमा पूर्वनिर्धारित समय अनुसार नै स्वजागरण उत्सव हुने आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले जानकारी दिए । वैकल्पिक स्थानको व्यवस्थापन गर्दै तोकिएकै समयमा कार्यक्रम सञ्चालन हुने उनले बताए ।
यस अगाडि पोखरा रंगशालामा आयोजना गर्न लागिएको विराट् चक्र विज्ञान कार्यक्रम भने मौसम तथा प्राविधिक कारणले सोही स्थानमा सञ्चालन गर्न नसकिने भएको हो । आयोजकका अनुसार वैकल्पिक स्थान तोकी कार्यक्रम फागुन ११ गते पूर्वनिर्धारित समयमा नै सञ्चालन हुनेछ ।
वैकल्पिक स्थानको क्षमतालाई ध्यानमा राख्दै, ६ फागुन २०८१ को साँझ ६ बजेसम्म दर्ता गरी क्युआर कोड प्राप्त गरिसकेका सहभागीहरूलाई मात्र कार्यक्रममा सहभागी गराइने भएको छ । दर्ता प्रक्रियामा रहेका अन्यको हकमा भने उपयुक्त वैकल्पिक मिति र स्थान तय गरी नाम दर्ता गराइने जानकारी आयोजक जीवन विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
आयोजकले स्थान परिवर्तनका कारण पर्न गएको असुविधाप्रति क्षमा माग्दै सहभागीहरूको समझदारी, सहयोग र धैर्यताप्रति आभार समेत व्यक्त गरेको छ ।