पोखरा ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौला उत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
अभियुक्त पक्राउदेखि सामाजिक अभियान सञ्चालनलाई प्रभावकारीरूपमा अगाडि बढाएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
निरौलाको नेतृत्वमा माघ महिनामा १४ लाख ७४ हजार चोरी भएको घटनाका दुई अभियुक्त पक्राउ गर्ने र ५ करोड लागतको ढुंगा दिने प्रलोभन देखाइ १३ लाख ठगी गर्ने ३ जनालाई पक्राउ गरिएको थियो ।
साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत घरघरमा नेपाल प्रहरी अभियान सुभारम्भ कार्यक्रम २०८१ र सुरक्षित तथा अभिलेखयुक्त यात्रा विवरण ट्रयाक्सी यात्रु लकबुक शुभारम्भ कार्यक्रम २०८१ सञ्चालन गरी प्रहरीको छवि उच्च बनाएकोमा उत्कृष्ट घोषित भएका हुन् ।














