आन्तरिक पर्यटनको प्रर्वद्धन गर्दै घार्मीका आमाहरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन् ।

प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही र बाजस्थला क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधीका बारेमा जानकारी लिएका हुन् ।

स्थानीय मनकामना आमा समुहमा आवद्ध करिव ५० जना आमाहरुको टोलीले बुधवार सो क्षेत्रमा पुगी आन्तरिक पर्यटन प्रर्वद्धन गरेको समुहका अध्यक्ष भगवती पौडेलले जानकारी दिईन् । आफ्नो गाउँ पनि पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र आन्तरिक तथा वाहृय पर्यटकको आवागमन बढ्दै गएकाले, अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रर्वद्धन भएको र त्यसको जानकारी लिन अवलोकन भम्रण गरिएको अध्यक्ष पौडेलले बताईन् ।

ढोरबाराही महत्वपुर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महशुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले बताए। अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका अनिता वराल पौडेल, कमला घिमिरे र पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै यसको विकास र प्रचारमा स्थानीय सरकारको चासो आवश्यक रहेकोमा जोड दिए ।

शुक्लागण्डकी नगरपालिका वडा नं.९ मा पर्ने सो स्थलवाट पृथ्वी साजमार्ग सहित त्यस आसपासको रमणिय दृश्यको अवलोकन गर्न सकिन्छ । दलित र जनजाति समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा परम्परागत घरहरु देख्न पाईन्छ ।उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको बताईन्छ ।

त्यहाँ रहेको बाजस्थला ट्रेडिसनल होम रिर्सोटले दृश्यावलोकनका लागि पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई परम्परागत खाना र वासको सुविधा दिएको छ भने रिर्सोटमा गाउँ घरमा प्रयोग हुने परम्परागत सामाग्री समेत प्रर्दशनीमा राखेको छ ।

पर्यटकीय वातावरण बनाउँन र पर्यटन विकासमा महिलालाई सक्रिय बनाउँन पनि विभिन्न ठाउँको अवलोकन गर्ने गरी वार्षिक कार्य तालिका नै बनाईएको समुहका सचिव लिलादेवी पौडेलले जानकारी दिए ।

  • ८ फाल्गुन २०८१, बिहीबार १५:३१ प्रकाशित