टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ४३ युटिन रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
टीम पोखरा मल्टिपर्पोज प्रालिको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ४३ युनिट रगत संकलन भएको छ । प्रालिले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो रक्तदान कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन । यसअघि  दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित पहिलो रक्तदान कार्यक्रममा १ सय ५ युनिट रगत संकलन भएको थियोभने तेश्रो वार्षिकोत्सवमा प्रालिले आफ्नै रेकर्ड तोड्न सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपाने र पोखरा महानगरपालिका वडा नं १५ का वडा सदस्य आषिश भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण शुरु भएको कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन ।

सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले टीम पोखरा मल्टिपर्पोजले युवा ब्यवसायीहरुलाई एकतृत गर्दै सामाजिक काममा समेत अगाडी बढेकोमा धन्यवाद ब्यक्त गरे । रक्तदान कार्यक्रमले रगत लिनेलाई मात्र नभइ रगत दिनेलाई समेत स्वास्थ्यमा फाइदा पु¥याउने भएकाले हरेक तीन महिनामा रक्तदान गर्न सके फाइदा हुने बताए ।

टीम पोखरा मल्टिपर्पोज प्रालिले युवाहरुलाई स्वदेशमानै रहने सक्ने बातावरण निर्माण गरि कुनैपनि उद्योग सञ्चालन गरे उद्योग वाणिज्य संघको तर्फबाट साथ र सहयोग हुने कार्कीको भनाइ रहेको थियो ।त्यस्तै पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले टीम पोखरा मल्टिपर्पोज प्रालिले सामाजिक काममा समेत अगाडी बढेकोमा खुसी ब्यक्त गरे । रक्तदान कार्यक्रमले रगत अभावमा रहेका बिरामीहरुलाई ठूलो सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रतिनिधि यमुना केसी क्षेत्रीले रक्तदान कार्यक्रमको माध्यामबाट डायालाइसिल गरिरहेका बिरामी, दुर्घटनामा परेका र सुत्केरी हरुका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा मानिस स्वस्थ रहने बताउदै रक्तदान गर्दैमा मानिसको शरिरमा कुनै हानी नहुने बताइन ।

रक्तदान कार्यक्रमका संयोजक गौरब पाख्रिनले टीम पोखरा मल्टिपर्पोज प्रालिले स्थापनाको दोश्रो वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आइरहेको बताए । आफुहरुको संस्थाले सामाजिक काममा समेत लाग्नुपर्छ भन्ने अभिप्राय बोकेर अघिल्लो वर्षदेखि स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोेजना गरेको उनको भनाइ रहेको थियो ।

टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

  • ७ फाल्गुन २०८१, बुधबार २१:११ प्रकाशित