संसदमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न राप्रपाको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठकमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आजको बैठकको आकस्मिक समयमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने बताए ।

‘भारतमा ठुलो हङ्गामा भएको छ। नेपाल सरकारले चासो देखाएको छैन। बल्ल हामी बुझिरहेका छौँ। जनआन्दोलन १ र २ मा नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनायो भन्ने कुरा खुल्न आइरहेको छ। यसको दोषी को हुन् छानबिन हुनुपर्यो,’ राणाले भने ।

उनले ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र बनाउन माग गरे । ‘प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन। धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधिसभासित आग्रह गर्न चाहन्छु,’ उनले भने ।

  • ४ फाल्गुन २०८१, आईतवार १६:५३ प्रकाशित