काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।














