बारामा सुधार केन्द्रभित्रै कुटपिट हुदाँ एक युवकको ज्यान गयो

कुटपिटमा संलग्न ७ जना पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको निधन भएको हो ।सुधार केन्द्रमा गए राति २ बजे कुटपिट भएको थियो ।

मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको बताइएको छ।

कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको एसपी तामाङले बताए ।कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् ।

  • २ फाल्गुन २०८१, शुक्रबार १५:१७ प्रकाशित