गण्डकी प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ बैठकको कार्यसूची

केन्द्रभाग मिडिया

 

पोखरा ।
आज गण्डकी प्रदेश सभाको बैठक बस्दैछ । २१ माघमा बसेर स्थगित भएको बैठक ३० माघका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक २ फागुन गतेका लागि सारेको हो ।

आज दिउँसो एक बजे बस्ने बैठकको कार्यसूची अनुसार बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्ने छन् ।  बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ ।

यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ । लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।

  • २ फाल्गुन २०८१, शुक्रबार ०९:०३ प्रकाशित