गण्डकीसहित दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । देशका मध्य र पूर्वी तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

  • १ फाल्गुन २०८१, बिहीबार ०६:२४ प्रकाशित