पोखराको फोहोर भोलिदेखि उठ्ने, स्थानीयसंग जुट्यो समझदारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा करिव एक हप्ता देखि उठ्न नसकेको फोहोर भोलि देखि नियमित उठ्ने भएको छ । आज (बुधबार) स्थानीय सरोकारवालासँगको छलफलमा सहमति जुटेसंगै भोलि (बिहीबार) विहानैबाट फोहोर उठ्ने पोखरा महानगरका प्रवक्ता मोलिलाल तिमिल्सिनाले जानकारी दिए । ‘पोखरा महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सन्दर्भमा पोखरा महानगरपालिका वडा नं ३२ को सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद व्यवस्थापनको क्षेत्रमा देखिएका सवाल तथा समस्याहरूलाइ महानगरपालिकाको तर्फबाट आगामी कार्यपालिका/नगरसभामा छलफल गरि सम्बोधन गरिने प्रतिबद्धता गरिएको छ ।’ उनले भने, ‘यससंगै भोलि बिहानैदेखि विगतमा झैं नियमित फोहोर उठ्छ ।’

पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले महानगरको कार्यपालिका बैठकले छिट्टै विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता गर्न सर्तमा हाललाई फोहोर व्यवस्थापन गर्न दिने सम्झौता भएको केन्द्रभागलाई जानकारी दिए । ‘विगतमा भएका सम्झौता छिट्टै कार्यपालिका बैठक बसेर कार्यान्वयनको सुनिस्चितता गर्ने सर्तमा फोहोर ल्याउन दिने सहझ्दारी भएको छ,’ उनले भने ।

अस्थायी ल्यण्डफिल साइड वरपर विकास निर्माण, वस्तीको संरक्षण, दुर्घन्ध आउन नदिने लगायतका विगतमा भएका १४ बुँदे समm्दारी कार्यान्वयन गर्ने समझ्दारी बनेको उनको भनाइ थियो । उनले अब समझ्दारी कार्यान्वयनका प्रतिवद्धता कार्यपालिका बैठकबाट भए विकल्प तयार हुनेबेलासम्म फोहोर उठ्न समस्या नहुने समेत बताए । बुधबार स्थानीय सरोकारवाला, विभिन्न दलका स्थानीय प्रतिनिधि, सरोकार समितिसंग समझ्दारी जुटेको हो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, वडाध्यक्षहरु दिवशमान प्रधानांग, पूर्णकुमार गुरुङ र अक्कलबहादुर कार्की, पर्यटन तथा वातावरण महाशाखा पमुख विमलरञ्जन कार्कीसहित बैठकमा सहभागी भएर प्रतिवद्धता जनाइएको हो ।

लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता २३ माघमा सकिए पछि स्थानीयले सम्झौता कार्यान्वयन नभएको भन्दै फोहोर लैजान दिएका थिएनन् । पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ ।

 

 

 

 

  • ३० माघ २०८१, बुधबार २१:०५ प्रकाशित