छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी : विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी भएको बताएका छन् ।

आज संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राष्ट्रमा दूरगामी असर पर्ने अध्यादेश ल्याउने क्रममा सत्ता सहयात्रीसँग छलफल नगर्नु कमजोरी भएकाले त्यसलाई आत्मसात गर्नुपर्ने बताएका हुन् ।

उनले अध्यादेश ल्याउँदा कमजोरी भए पनि भूमि बाहेक अन्य अध्यादेशमा साथ दिने जसपा नेपालले निर्णय गरेको धारणा राखे । शर्माले भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न सकिने तर्क गरे ।

उनले अध्यादेशका विषयमा सत्ता साझेदार दलबिच भएको विमतिलाई आवश्यक संवाद र छलफल पश्चात् सही रूपमा निष्कर्षमा पुराउने दाबी गरे ।

  • ३० माघ २०८१, बुधबार १६:२२ प्रकाशित