काठमाडौं ।
आज सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ ।
परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो ।
१३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो ।















